बुटवल,६ भदौ ।
बुटवल उपमहानगरपालिकाका ११ सहित रुपन्देहीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १०५ जनाको कोरोना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका ११ जना, तिलोत्तमा नगरपालिकामा ९ जना र ओमसतिया गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा ३८ जना कोरोना संक्रमित निको भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा जिल्लामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४१५ रहेको छ ।