काठमाडौं,६ भदौ ।
नेपालमा आइतबार थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ४४३ पीसीआर परीक्षण गर्दा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २४८ कोरोना संक्रमित निको भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ९८ हजार १७३ जना संक्रमित निको भएका छन् भने १० हजार ५०९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ जना रहेका छन् । जसमध्ये ३५ हजार ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ६८१ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३९५, कास्कीमा ३०१, चितवनमा २१७, झापामा १५२, ललितपुरमा ११० र मोरङमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा ७६, भक्तपुरमा ६१, गोरखामा ४०, रुपन्देहीमा ३३, तनहुँमा २९ र जुम्लामा १८, स्याङजामा १५, नवलपरासीमा १४ र इलाममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।