बुटवल,५ भदौ ।
बुटवल उपमहानगरपालिकाका १३ सहित शनिबार रुपन्देहीका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १७० जनाको कोरोना परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमा नगरपालिकामा ९ जना, सैनामैना नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका ४–४ जना र ओमसतिया गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा ३२ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा रुपन्देहीमा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४६० रहेको छ ।