काठमाडौं,५ भदौ ।
नेपालमा शनिबार थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ७०३ पीसीआर परीक्षण गर्दा १ हजार ४२४ र ५ हजार ३७२ एन्टिजेन परीक्षण गर्दा ६५१ जना गरी २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३८२ जना कोरोना संक्रमित निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ९५ हजार ९२५ जना कोरोना संक्रमित निको भएका छन् भने १० हजार ४८५ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । जसमध्ये ३६ हजार १५ जना होम आइसोलेसन रहेका छन भने ३ हजार ३०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै झापामा १३२, कास्कीमा ९१, सुनसरीमा ६४, मोरङमा ६२, सुर्खेतमा ६१ र चितवनमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा २९, कास्कीमा २५, चितवनमा २३, नवलपरासी पूर्वमा १९, दाङमा १८, कैलालीमा १५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।







