Doctor drawing up Covid-19 vaccine from glass phial bottle and filling syringe injection for vaccination. Close up of hand wearing protective disposable gloves in lab and holding a bottle of vaccination drugs. Hand with blue surgical gloves taking sars-coV-2 vaccine dose from vial with syringe: prevention and immunization concept.

काठमाण्डौ,५ भदौ ।
जापानबाट थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत जापानले दिएको खोपको दुई लाख ८० हजार मात्रा आज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

१६ लाख डोजमध्ये आठ लाख बढी खोप यसअघि नै आइसकेको र अब बाँकी खोप पर्सि सोमवारसम्म आइपुग्ने स्वास्थ्य विभागले जनाएको छ ।

यस्तै अस्ति बुधवार र बिहीवार गरि चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको गौतमले जानकारी दिए । नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो ।

काठमाण्डौमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ । यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ ।

देशका अरु ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको महाशाखाले जनाएको छ । अबको खोप प्रदेश–१ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ । त्यस्तै बाँकी रहेमा प्राथमिकताका आधारमा बितरण गर्ने सरकारको योजना छ ।

कोरोना महामारी र संक्रमण घटाउन खोप नै महत्वपूर्ण भएको डाक्टर गौतमको भनाइ छ । खोप ल्याउने र लगाउने, परीक्षणको दायरा बढाउने काम भइरहेको उनले बताए ।
साथै स्वास्थ्यका मापदण्ड पालनामा सबैलाई जिम्मेवार बन्न पनि डाक्टर गौतमले आग्रह गरे ।