बुटवल,५ भदौ ।
कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरीले आफ्नो जन्म दिनको अवसरमा सुस्तमनस्थितिका १९ जना बिधार्थीहरुलाई स्कुल झोला र खाजा वितरण गरेकी छन् ।
कञ्चन जेसिजकाे बार्षिक कार्ययोजना अनुसार अध्यक्ष चौधरीले आफ्नो जन्म दिनको अवसरमा विद्यालय झोला र खाजा बितरण गरेकी हुन ।
रुद्रपुर माध्यामिक विद्यालयमा अध्ययनरत सुस्तमनस्थितीका बिधार्थीहरुलाई झोला बितरण गरिएकाे हो ।
कार्यक्रममा कञ्चन गाँउपालिका वडा नं. ४ का अध्यक्ष दुर्गासिंह क्षेत्रीले कञ्चनका हरेक युवाहरुले आफ्नो जन्मदिनको अवसरमा भड्किलो र समाजलाई कुनै प्रभाव नगर्ने,फजुल खर्च गर्ने चलनलाई परिवर्तन गरी समाजलाई प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव गर्ने कार्यक्रम गरी मनाउने संस्कृतिको बिकास गर्नु पर्नेमा जोड दिए ।
उनलेे जेसिजका अध्यक्ष चौधरीले आफ्नो जन्म दिनको अवसरमा शारिरीक तथा मानसिक रुपमा अशक्त भएका बिधार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्नु सकारात्मक र शन्देश मुलक कार्यक्रम रहेको उल्लेख गरे ।
साे अवसरमा अध्यक्ष राधिका चौधरीलाई जन्म दिनको शुभकामना ब्यक्त गर्दै कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले युवाहरुको व्यक्तित्व,नेतृत्व,व्यबसायिक र बिश्व बन्धुत्व भावनाको बिकास गर्ने साझा विद्यालयको रुपमा रहेको जेसिजले छोटो समयमै आफ्नो फरक पहिचान बनाउन सफल भएको बताए ।
कञ्चन जेसिजले कञ्चनका ४० बर्ष उमेर समूह भित्रका युवाहरुलाई सामाजिक रुपमा सभ्य र असल नेतृत्व र व्यक्तित्वको बिकास गरी आत्म निर्भर युवा बनाउन सफल उद्दमि तथा व्यबसायी बन्न प्रोत्साहित गर्ने सामाजिक संस्थाको रुपमा बिकास गर्दै जाने निबर्तमान अध्यक्ष पौडेलले बताए ।
अध्यक्ष चौधरीले जन्म दिनमा समाजलाई सकारात्मक सन्देश प्रबाह गर्न र जन्म दिनको बहानामा गरिदै आएको फजुल खर्चलाई सामाजिक सेवामा खर्च गर्ने संस्कारको बिकास गर्न आफुले सुस्त मनस्थितिका विद्यार्थीहरुलाई स्याहार गर्ने कञ्चनको एकमात्र विद्यालय रुद्रपुर माध्यमिक बिधालयमा रहेका बिधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको बताइन् ।
कार्यक्रम कञ्चन जेसिज बर्ष २०२१ का महासचिव माहराज पौडेल,कोषाध्यक्ष सुमन सुबेदी,कानुनी सल्लाहकार राजन शर्मा,खेलकुद संयोजक सुभाष पौडेल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।