बुटवल,५ भदौ ।
आज दिउँसोपछि लुम्बिनी सहित सुदूरपश्चिम,वाग्मती र प्रदेश एक का धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।

राति भने प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक /दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिइन् । अबको केही दिनको मौसम यस्तै रहने पनि उनले बताइन् ।

धेरै वा लगातार पानी नपरे पनि पहिला परेको पानीले जमिन गलेकोले भिरालो जमिनमा पहिरो जान सक्ने र नदीहरुमा बाढीको सम्भावना रहेकाले भिरालो जमिन र नदी तटीय क्षेत्रमा रहेकाहरुलाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।