बुटवल,४ भदौ ।
बुटवलका २२ सहित रुपन्देहीमा शुक्रबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २०१ जनाको कोरोना परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकाका २२, सैनामैना नगरपालिकाका ११ जना, तिलोत्तमा नगरपालिकामा १० जना, देवदह नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका र कञ्चन गाउँपालिकाका २–२ जना, मायादेवी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका ४८ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हालसम्म जिल्लामा ५२१ जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।
जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४६० रहेको छ ।







