१० बुदे सहमति कायम गर्न ओलीलाई दुई दिने अल्टिमेटम
काठमाण्डौ,४ भदै ।
नेकपा एमाले विभाजनमा माधव कुमार नेपाललाई साथ नदिएका नेताहरू बैठकले अन्ततः माधव नेपाल नेतृत्वकै पार्टीमा सहभागी हुने संकेत गरेका छन् ।

बिगतमा नेपाललाई साथ दिदै आएर पार्टी बिभाजनमा कतै नखुलेका नेताहरुको आज अपरान्ह बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न दुई दिने अल्टिमेटम दिने र कार्यान्वयन नभए नेपाल नेतृत्वको पार्टीमा खुल्ने संकेत गरेका हुन् ।

नेताहरु भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेसहितका नेताहरूको बैठकले अध्यक्ष ओलीलाई १०बुँदे सहमति कार्यान्वयन गर्न दुई दिने अल्टिमेटम दिने निर्णय गरेको हो । बैठकले पाँच दिनभित्र ओलीले सहमति कार्यान्वयन नगरे माधव नेपाललाई साथ दिने सहमति भएको बताईएको छ ।

अध्यक्ष केपी ओली समयमा नसच्चिएको अवस्थामा नेपाल पक्षमा जानुपर्ने हुन सक्छ बैठकमा सहभागी एक नेताले बताए ।

शुरुदेखि नेपाल पक्षको मोर्चाको नेतृत्व गरिरहेका उपाध्यक्षद्वय भीम रावल र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहरासहितका नेताहरुले अन्तिममा अवस्थामा आएर नेपालको साथ छाडेका थिए ।

उनिहरुको स्कुलिङमा बिगतमा माधव नेपाल समूहमा लागेका जिल्ला तहका अधिकांस नेता कार्यकर्ताहरु नयाँ पार्टीमा लोगपछि उनिहरुलाई पनि सोही पार्टीमा लाग्न दबाव परेको छ ।