sf7df8f}F, @) sflQs -/f;;_ M lzIff tyf :jf:Yo ;ldltsf] a'waf/ l;+xb/af/df a;]sf] a}7sdf ;efklt hok'/L 3tL{nufot . t:jL/ M /Tg >]i7 .

विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शिर्षकमा विद्यार्थीसँग शुल्क नलिन निर्देशन दिन अनुरोध
काठमाडौं,४ भदौ ।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले विकल्प खोजेर कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार बसेको समितिको बैठकले कक्षा १२ को परीक्षा छिटो गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

कक्षा १२ को परीक्षा स्थगितलाई समितिले अस्वभाविक रुपमा लिएको भन्दै बैठकमा समिति सभापति जयपुरी घर्तीले बिना विकल्प दोस्रो पटक कक्षा १२ को परीक्षा स्थगित गरिएकोले अब छिटो परीक्षा गरेर निकास दिन परीक्षा बोर्डका पदाधिकारीलाई आग्रह गरिन् ।

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षाबारे बोर्डलाई नसोधिएको बताए । परीक्षाको तयारी सकिएपछि परीक्षा रोक्नुपरेको भन्दै उनले कुन भेरियन्टले कक्षा १२ को परीक्षा रोकियो भन्ने आफुलाई जानकारी नभएको जवाफ दिए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले परीक्षाबारे छिटो निकास दिनुपर्ने बताए । उनले सकिन्छ भने एकै चोटी र सकिँदैन भने दुई चरणमा परीक्षा गराउन सकिने बताए ।

कक्षा १२ को परीक्षा र इन्जिनियरिङ कलेज शुल्कको विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशीले सम्बन्धित कलेजहरुलाई शुल्क ब्रेक डाउन गर्न सुझाव दिएका थिए ।

अहिले कलेजहरुले एकमुष्ट शुल्क लिइरहेको भन्दै उनले शुल्क कुन शिर्षकमा कत्ति लिने भन्ने स्पष्ट गरी विद्यार्थीसँग आवश्यक छलफल गर्न सुझाव दिए ।

समिति सभापति घर्तीले विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शिर्षकमा विद्यार्थीसँग शुल्क नलिन मन्त्रालय, त्रिवि र संस्थानले इन्जिनियरिङ कलेजहरुलाई निर्देशन दिन अनुरोध गरिन् ।