काठमाडौं, ४ भदौ । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
सरकारले यसअघिका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरि उनको ठाउँमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको थियोे ।
नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । अहिले उनकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त गरिएको बताइएको छ ।






