दाङ,४ भदौ ।
खोलाले बगाएर दाङमा एक जना बेपत्ता भएका छन ।

बेपत्ता हुनेमा दाङको शान्तिनगर गाउँपालिका–४ का ५३ वर्षीय बमबहादुर विक रहेका छन् ।

खेतमा काम सकेर घर फर्कने क्रममा उनलाई हिजो बेलुका एकली खोलाले बगाएको जिल्ला प्रहरी
कार्यालय दाङले जनाएको छ ।

बेपत्ता बमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।