काठमाण्डाै,४ भदौ । आज लुम्बिनी प्रदेश,कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ का केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालकाे वर्षा हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

विशेषगरी गण्डकी प्रदेश र प्रदेश-१ का एक/दुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेकाले जोखिमयुक्त क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

मौसमविद्का अनुसार अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ । यसले गर्दा लगातार झरी पर्ने सम्भावना भने नरहेको माैसमविदहरुले बताएका छन् ।