बुटवल,३ भदौं ।
बुटवल उपमहानगरपालिकाका १६ सहित रूपन्देहीमा बिहीबार थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका १८९ जनाको कोरोना परिक्षण गर्दा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३० हजार ७५ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकाका १६ जना,तिलोत्तमा नगरपालिकाका ८ जना, देवदह नगरपालिकाका ६ जना,सैनामैना नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका ३ जना तथा कञ्चन गाउपालिका, शुद्धोधन गाउपालिका र सम्मरीमाई गाउपालिकाका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित निको भएका छन् ।
हाल जिल्लामा ४५६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।







