काठमाडौं,३ भदौ ।
नेपालमा बिहीबार थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार १२६ जना कोरोना संक्रमित निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ९१ हजार २२९ जना कोरोना संक्रमित निको भएका छन भने १० हजार ४२९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५सयजना रहेको छ । जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।
आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६३९, कास्कीमा २०२, झापामा १८७, ललितपुरमा १२७, मोरङमा ११९, चितवनमा १०२ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी र बागलुङमा ९१÷९१ जना, काभ्रेपलाञ्चोक रुपन्देहीमा ५३÷५३ जना, मकवानपुर र सुर्खेतमा ४६÷४६ जना, गोरखामा ४५, बाँकेमा ३४ जनामा कोरोाना संक्रमण पुष्टि भएको छ ।
नुवाकोटमा २९, दोलखामा २८, नवलपरासी पूर्वमा २६,स्याङजा र दाङमा २२÷२२ जना, तनहुँमा १४ जना, कैलालीमा १२, पाँचथर र म्याग्दीमा ११÷११ जना तथा धादिङ र गुल्मीमा १०÷१० जना कोरोना संक्रमित थपिएको मन्त्रालययले जनाएको छ ।







