काठमाण्डौ,३ भदौ ।
राजनीतिक दलसम्बन्धी अध्यादेशका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
अधिवक्ता प्रवेश केसी लगायतले रिट निवेदन पेस गरेका हुन् ।
अध्यादेशविरुद्ध हालसम्म सर्वोच्च अदालतमा पाँचवटा रिट निवेदन पेस भएको छ ।
सरकारले मंगलबार राजनीतिक दल विभाजनको प्रावधानलाई खुकुलो बनाउने गरी अध्यादेश ल्याएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उक्त अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।
सरकारले दल विभाजनको प्रावधानलाई खुकुलो बनाउने गरी ल्याएको सो अध्यादेशको नेकपा एमाले लगायतका दलहरुले विरोध गरेका छन् ।
राष्ट्रपति भण्डारीद्धारा अध्यादेश जारी भएलगत्तै बुधबार नेकपा एमाले र जसपा नेपाल विभाजनको प्रक्रियामा गइसकेका छन् ।
अध्यादेशको प्रावधानमा टेकेर एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा र जसपाबाट महन्थ ठाकुरको नेतृत्वमा अलग दल दर्ताको प्रक्रिया सुरु भएको छ ।





