काठमाण्डौं,३ भदौ ।
राष्ट्रिय जनमुक्ति पार्टीले आन्दोलनरत ब्रिटीश गोर्खाहरुको जायज मागहरु सम्बोधन गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।
पार्टी अध्यक्ष खड्क प्रसाद –कपी) पालुङ्वाले एक विज्ञप्ती जारी गरी उनिहरुको आन्दोलन प्रति ऐक्यवद्धता जनाउदै यथाशिघ्र समस्या समाधानका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै नेपाल सरकारको तर्फबाट पनि अविलम्ब प्रभावकारी कदम चाल्न माग गरेका हुन् ।
अवकाश प्राप्त ब्रिटीश गोर्खाहरुले बेलायतमा आफ्नो अधिकार प्राप्तिका लागि गरीरहेको शान्तिपूर्ण आन्दोलन (आमरण अनसन) प्रति राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा ब्रिटीश गोर्खाहरुको जायज मागलाई सम्बोधन गर्ने तर्फ बेलायत सरकारको वेवास्ता र नेपाल सरकारको तर्फबाट र समेत कुनै प्रभावकारी पहल नहुनु खेदजनक रहेको जनाइएको छ ।
‘आन्दोलनरत ब्रिटीश गोर्खाहरुको माग प्रति राष्ट्रिय जनमुक्ति पार्टी पूर्ण ऐक्यबद्धता जनाउँदै यथाशिघ्र समाधानका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण होस् र नेपाल सरकारको तर्फबाट पनि अविलम्ब प्रभावकारी कदम चालियोस् भनी माग समेत गर्दछ ।’–विज्ञप्तिमा भनिएको छ ।






