बुटवल,३ भदौ । आज दिउँसो १ बजेका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयले सूचना जारी गरि बैठक स्थगित भएको जनाएको हो ।
मिति २०७८ साल भाद्र ३ गते बिहिबार दिनको १ः०० बजे बस्ने गरी निर्धारित नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणवश स्थगित गरिएकोले आगामी बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल भाद्र महिनाको ७ गते सोमबार दिनको १ः०० बजे बस्ने गरी तय भएको सचिवालयद्वारा जारी सुचनामा जनाइएको छ ।
नेकपा एमालेकाे अबरोधका कारण मंगलबार र बुधबार प्रदेश सभाको बैठक स्थगित भएको थियो ।