बुटवल,३ भदौ । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले एमाले नबनेको बापत आफ्नो चरित्र हत्या गरिएको दाबी गरेकी छन् ।
चुम्बन सहितको फोटो सार्वजनिक भएको २ दिन पछि सांसद वलीले सो दाबी गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनलेे दुई जनाको फोटो दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् ।
वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको आरोप लगाउँदै उनलेे पोटो सार्वजनिक गर्नेहरुलाई साईबर स्यालको संज्ञा समेत दिएकी छन् ।
राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे उनको दाबी छ ।
‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु ।’ उनले भनेकी छन् । उनले एकाएक आफ्नो फोटो जोडेर समाचार आएकोमा आश्चर्यचकित भएको उल्लेख गर्दै आफु फोटामा आएको घटनामा सम्बन्धित नभएको र जानकारी समेत नभएको जनाएकी छन् ।
सांसद विमला र माओवादीको भातृसंगठन वाईसीएलका कार्यकर्ता एकराज बस्नेतबीच गालामा चुम्बन गरेको फोटो सामाजिक सन्जालमा भाइरल भएको २ दिन पछि उनले स्पष्टीकरण सहित विज्ञप्ति प्रकाशित गरेकी हुन् ।
उनले फोटो सार्वजनिक गर्ने काममा एमाले कार्यकर्ताहरु संलग्न रहेको संकेत गर्दै आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको तर आफू माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको बताएकी छन् ।
‘माओवादी केन्द्रं रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । उनले विज्ञप्तिमा लेखेकी छन् , – ‘अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको छ ।’
वाइसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेर फाेटाे पाेष्ट गरिएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत बस्नेतले फोटो इडिट गरी भ्रम छर्न खोजिएको बताएका हुन् । ‘मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुखित र गम्भीर बनाएको छ’ बस्नेतले लेखेका छन्, ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साधेर चरित्र हत्या र बद्नाम गर्न खोजिएको छ ।’






