काठमाण्डाै,३ भदौ । आज पनि देशका धेरैजसाे ठाउँमा पानी पर्ने जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । यी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने उनको अनुमान छ ।
मौसमविद् मानन्धरका अनुसार अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम खालको वर्षा हुने छ । आज राति प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, भोलि वाग्मती प्रदेशसहित प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्नेछ ।
अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने बङ्गालको खाडीमा बनेको निम्न चापीय प्रणालीको प्रभाव पनि परेकाले आज देशका धेरैजसो ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने जल तथा माैसम विज्ञान विभाग माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।






