बुटवल,२ भदौ ।
बुटवल उपमहानगरपालिकाका २२ सहित बुधबार रुपन्देहीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८० जनाको कोरोना परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २२, तिलोत्तमा नगरपालिकामा १६ जना, सैनामैना नगरपालिकामा ६ जना, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा २ जना र सिद्धार्थनगर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा १७ जना कोरोना संक्रमित निको भएका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हालसम्म जिल्लामा ५२० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४४८ रहेको छ ।