काठमाडौं,२ भदौ । नेपालमा बुधबार थप ३ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८३९ पीसीआर परीक्षण गर्दा २ हजार ६१३ र ४ हजार ९९९ एन्टिजेन परीक्षण गर्दा ७९० जना गरी ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना काेराेना संक्रमित निकाे भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९९३ जना जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।







