काठमाडौं,२ भदौ । प्रमुख विपक्षी दल नेकपा एमाले आैपचारिक रूपमा विभाजित भएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालकाे नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ गठन भएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोग गएका छन् ।
एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी रहने जनाइएको छ । साे पार्टी चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको जनाइएको छ ।






