काठमाडौं,२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी विवादस्पद अध्यादेश प्रमाणिकरण गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सो अध्यादेश प्रमाणिकरण गरेकी हुन् ।

मंगरबार बसेकाे मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अध्यादेशमा कुनै पनि राजनीतिक दलको केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एउटामा २० प्रतिशतसम्म सदस्य भएमा नयाँ दल दर्ता गर्न पाउने प्रावधान रहेको छ ।
यसअघिको ऐनमा राजनीतिक दल बिभाजनका लागि दलको केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान रहेको थियोे ।