बुटवल,२ भदौ ।
एमालेकाे अवरोधपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
भएको छ ।
अवरोधकै कारण मंगलबार स्थगित भएको बैठक सुरु भएलगत्तै एमाले प्रदेश सभा सदस्यहरूले नारावाजी गर्दै वैठक अवरुद्ध गरेका थिए ।
सभामुख पूर्ण बहादुर घर्तीले बिहीबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका २ प्रदेश सभा सदस्यलाई पदमुक्त गरेको सुचना सभालाई गराउनुपर्ने माग गर्दै एमालेले बैठक अबरूद्व गरेको हो ।

सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समुहका अजय शाही र उप चुनावमा नेकपाबाट चुनाव जितेकी विमला वली खत्रीलाई नेकपा एमाले केन्द्रीय कमिटीले प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको पत्र एमालेले मंगलबार प्रदेश सभामा बुझाएको थियो ।

नेकपाबाट चुनाव जितेकी विमला वली खत्री अदालतले नेकपा खारेज गरेसँगै दल राेज्न पाउने प्राबधान अनुरूप माओवादी केन्द्र राेजेकी थिइन् भने अजय शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट चुनाव लडेकोले एमालेकाे ह्विप नलाग्ने बताउदै आएका छन् ।