बुटवल,१ भदौ ।
बुटवलका २३ सहित रुपन्देहीमा मंगलबार थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा जिल्लाका १९३ जनाको कोरोना परीक्षण गर्दा ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २३, तिलोत्तमा नगरपालिकामा १६, सैनामैना नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिकामा ३ जना, सियारी गाउँपालिकामा २ तथा देबदह नगरपालिका, ओमसतिया गाउँपालिका, कञ्चन गाउँपालिका र सुद्धोधन गाउँपालिकामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका ३७ जना कोरोना संक्रमित निको भएका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हालसम्म जिल्लामा ५१९ जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।

जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४१३ रहेको छ ।