काठमाडौं,१ भदौ ।
नेपालमा मंगलबार थप ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३७ हजार २२९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९२९ जना कोरोना संक्रमित निको भएका छन् भने २७ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ८७ हजार ६९ जना कोरोना संक्रमित निको भएका छन् भने १० हजार ३५४ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ जना रहेको छ । जसमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९० जना आईसीयू र १९१ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ६१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।







