बुटवल,१ भदौ ।
नेकपा एमालेकाे अवरोधका कारण आजदेखि सुरु भएको लुम्बिनी प्रदेश सभाको नवौं अधिवेसनकाे पहिलो बैठक स्थगित भएको छ ।
निर्धारित समय भन्दा करिब डेढ घण्टा ढिला सुरु भएको प्रदेश सभा बैठक प्रमुख विपक्षी एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तिले भोलि दिउसो १ बजेम्मको लागि बैठक स्थगित गरेका हुन् ।

सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका २ प्रदेश सभा सदस्यलाई पदमुक्त गरेको सुचना सभालाई गराउनुपर्ने माग गर्दै एमालेले बैठक अबरूद्व गरेको हो ।
सभामुख घर्तीले बैठकको कारवाही अगाडी बढाउँदै गर्दा एमालेका सांसदहरुले टेबुल ठोकिरहेका थिए ।

सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समुहका अजय शाही र उप चुनावमा नेकपाबाट चुनाव जितेकी विमला वली खत्रीलाई नेकपा एमाले केन्द्रीय कमिटीले प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको पत्र एमालेले आजै प्रदेश सभामा बुझाएको थियो ।

नेकपाबाट चुनाव जितेकी विमला वली खत्री अदालतले नेकपा खारेज गरेसँगै दल राेज्न पाउने प्राबधान अनुरूप माओवादी केन्द्र राेजेकी थिइन् भने अजय शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट चुनाव लडेकोले एमालेकाे ह्विप नलाग्ने बताउदै आएका छन् ।