बुटवल,१ भदौ । नेकपा एमालेले लुम्बिनी प्रदेशका सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा बुझाएको छ ।
सुर्य चुनाव चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र बुझाएको एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले जानकारी दिए ।

कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएका शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने वली २०७६ मा तत्कालिन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट उपनिर्वाचनमा निर्वाचित भएकी थिईन् ।

शाहीले आफुलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन् भने वलीले माओवादी प्रवेश गरेको बताएकी थिईन् ।

नेकपा खारेज भएपछि दल राेज्न पाउने प्राबधान अनुसार आफुले माओवादी केन्द्र पार्टी राेजेकाेले आफुलाई एमालेकाे ह्विप नलाग्ने वलीकाे दाबी छ ।