बुटवल,१ भदौ ।

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुँदैछ ।

दिउँसो एक बजे बस्ने वैठकमा मुख्यमन्त्री के.सी.सहित दलको तर्फबाट मन्तव्य व्यक्त गर्ने सम्भावित कार्यसूचि रहेको छ ।
यस्तै उद्योग, वन तथा वातावरण मन्त्रीकाे समेत कार्यभार सम्हालेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने कार्यसूचि छ ।

आजकै बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश हुने कार्यसूचि रहेको छ ।

प्रदेश सभाकाे अधिवेशन शुरु भएकाे एक/दुई दिनमै सरकारले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता केसी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।