बुटवल, ३२ साउन
केन्पो खुकुरी खेलबारे प्रचारप्रसार गर्ने उदेश्यका साथ लुम्बिनी प्रदेशमै पहिलोपटक प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएको छ ।
सात प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षकलाई भदौ १ गतेबाट एक हप्ता केन्पो खुकुरी खेलबारे बुटवलमा प्रशिक्षण दिईने भएको हो।
केन्पोका प्रशिक्षक रमेश निरौला, राजकुमार पाण्डेले १ हप्ताको प्रशिक्षणमा केन्पो खुकुरी प्रतियोगिताबारे वृहत छलफलसाथै ब्यवहारिक प्रशिक्षण दिने नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका पुर्ण पाण्डेले बताए। सात वटै प्रदेशमा संगठन बिस्तारैसमेत अघि बढेको पाण्डेले जानकारी दिए ।
बिहान र दिउँसो गरि दुई समयमा राखिएको प्रशिक्षक राजकुमार पाण्डेले बताए । बिहान ६ बजेबाट शुरु भएर दिउँसो प्राक्टिकल गरिने उनले बताए।
बुटवलमा धेरै खेलहरुमध्ये यो नया विधा भित्राउन सफल भएको भन्दै उनले यसबाट थप हौसला मिलेको बताए। प्रशिक्षणको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यबाट दिउँसो जिल्ला खेलकुद विकास समितिको सभाहलमा उद्घाटन गरिने उनले बताए। फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरि चार विधामा प्रशिक्षण गराईने उनले जानकारी दिए ।
योसंगै काठमाडौं असोज ८ र ९ गते हुने प्रतियोगिताको बारेमा समेत जानकारि गराईयो । फाईट र काता प्रदशन गरि दुई विधामा खेल आयोजना हुन्छ। जसमा प्रथम हुने प्रदेश १ लाख नगदसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। दोस्रो २५ हजार सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
फाईट सिगलतर्फ उमेर समुहमा खेलाईने तथा काता ब्यक्तिगत र समुहगत गरि खेलाईने उनले बताए ।
नेपाल भित्राएपछि पहिलोपटक प्रतियोगिता हुन लागेको उनको भनाई छ । १८ देखि २० उमेर समुह ५३ देखि ५६ किलोग्राम तौल समुहको सहभागिता रहने उनले बताए। सरकारबाट खेलाडीहरुको हकहितमा सहयोग नमिलेको भन्दै खेलाडी कल्याणकारी कोष बनाएर अगाडि बढ्न लागेको उनले बताए। प्रतियोगितामा परेका खेलाडीहरुलाई कोषबाट सहयोग गरिने उनले बताए ।
प्रदेशले जिल्लाबाट छनौट गरेर पठाउने र यो एउटा महत्वपुर्ण प्रतियोगिता गराउने उनले बताए। खेलमा नाम नै खुकुरी राखेर नेपालीको पहिचान गराउने गरि अगाडि बढेको उनले बताए। विश्वका ७२ वटा देशमा शाखा रहेको छ।
लुम्बिनी प्रदेश ईन्चार्ज कमला भण्डारी ज्ञवालीले मार्शल आर्ट एउटा उत्कृष्ट खेल भएको बताईन।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष विष्णु ढकाल, जिल्ला अध्यक्ष कृष्ण थापा, केन्द्रीय भरत गोदारले आत्मरक्षा हुँदै अन्तराष्ट्रिय प्रतियोगिताका रुपमा पहिचान भएको यो खेललाई राष्ट्रिय पहिचान दिन गरि अघि बढाउनुपर्ने बताए ।








