बुटवल,३२ साउन ।
रुपन्देही जिल्लामा सोमबार थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा रुपन्देहीका १५० जनाको कोरोना परीक्षण गर्दा बुटवलका २१ सहित ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २१, सैनामैना नगरपालिकामा ११ जना, देवदह नगरपालिकामा ४ जना, तिलोत्तमा नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४७ जना कोरोना संक्रमित निको भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा जिल्लाका कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हालसम्म जिल्लामा ५१९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३९८ रहेको छ ।







