काठमाडौं,३२ साउन ।
नेपालमा सोमबार थप ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म ६ लाख ८५ हजार १४० जना कोरोना संक्रमित निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको ।
यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० हजार ३२७ पुगेको ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०३ जना कोरोनामा संक्रमण पुष्टि भएको छ ।
आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सबैभन्दा धेरै काठमाडौंमा ६७७, झापामा ३३२, चितवनमा २०५, कास्कीमा १८३, ललितपुरमा १६७, भक्तपुरमा ११७ र सुनसरीमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङमा ८६, काभ्रेपलाञ्चोकमा ७७, नुवाकोटमा ७२, नवलपरासी पुर्वमा ६८, बागलुङमा ६५, मकवानपुरमा ४९, रुपन्देहीमा ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।
सिन्धुपाल्चोकमा ३१, पाल्पामा २६, धादिङमा २५, गोरखामा १८, तनहुँमा १७, स्याङजामा १३, अर्घाखाँचीमा १२, इलाम र सिन्धुलीमा ११÷११ जना र दाङमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







