नेपालगन्ज,३२ साउन ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बाँकीको कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले आज बिहान ८ बजेतिर राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा र्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

मृत्यु हुनेमा बर्दिया बाँसगढी निवासी चेतन बोहोरा र प्रदीप चौधरी रहेका छन् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका उनिहरूकाे उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

माेटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।