काठमाण्डौ,३२ साउन ।
आज लुम्बिनी प्रदेश, प्रदेश-१, प्रदेश-२ का एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।

अझै एक/दुई दिन मनसुन सक्रिय रहने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ ।
यस्तै, आज वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
अन्य ठाउँमा भने आज हल्कादेखि सामान्य पानी पर्ने छ ।

देशका अन्य क्षेत्रमा पानी परे पनि मनसुनी न्यूनचापीय रेखाको प्रभाव कम पर्दा काठमाण्डौमा ठूलो पानी परेको छैन । तर बर्षाकाे समय भएकाले पानी पर्ने सम्भावना भने रहेको मौसमविद्ले बताएका छन् ।