बुटवल,३२ साउन । इलाका प्रहरी कार्यालय लुम्बिनीले श्रोत नखुलेको १० लाख रकम सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १३ बस्ने २० वर्षिय विष्णु यादव र १९ वर्षिय अनवर मुसलमान रहेका छन् ।
उनिहरूलाई लुम्बिनी साँस्कृतिक नगरपालिका ४ बाट उक्त रकम सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
बाटोमा हिँडिरहेका उनीहरुमाथि शंका लागि चेकजाँच गर्दा प्लास्टिकको झोलामा श्रोत नखुलेको १० लाख नगद भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैजनामलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।






