बुटवल ३१ साउन ।
पश्चिम नेपाल विकास ट्रष्ट र नया जीवनको आधार देवदह शाखाले अपाङ तथा दृष्टिबिहिनहरुलाई खाद्यान्य तथा नगद सहयोग गरेका छन ।
लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रम र अपाङ्ग आश्रम देविनगरलाई यी सस्थाले सहयोग गरेका छन । त्यस्तै अर्घाखाची घरभई हाल बुटवलमा बसी किड्नीको डालसिस गराई रहेका दिपक बेल्वासेलाई पनि सहयोग गरिएको छ ।
ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेका अनुसार दाल, चामल, तेल, चिउरा, भुजा, आलू, सोयाबिन, नुन, जिरा, धनिया, चीनी, साबुन (सरफ), र नगद सहित अन्य खाद्य सामग्रीहरू हस्तान्तरण गरिएको छ । देवदह १ की लालमाया गुरुङको ४२ हजार नगदसहित ६५ हजार बराबरको खाद्यान्य तथा नगद सहयोग गरिएको घिमिरेले बताए ।
कार्यक्रममा पश्चिम नेपाल विकास ट्रष्टकी अध्यक्ष गौरीमाया थापा, उपाध्यक्ष मोम प्रसाद गुरुङ, कोषाध्यक्ष पदम घिमिरे, सह–सचिव लक्ष्मी अधिकारी र नया जीवनको आधार देवदह शाखा अध्यक्ष रेखा निरौलालगायतको सहभागिता रहेको थियो ।








