बुटवल,३१ साउन ।
नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश समितिका सचिव जयसिंह केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षण पत्र महासंघको नभएर व्यक्तिगत भएको पत्रकार महासघं लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

सचिब केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षण पत्रको बिषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघ प्रदेश समितिले सचिब केसीको ध्यानाकर्ष पत्र संस्थागत नभएर व्यक्तिगत भएको जनाएको हो ।

पत्रकार महासघं लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले आईतबार एक प्रेस विज्ञप्ती जारी गरी हाल महासंघबाट सरकारलाई ज्ञापन पत्र वा ध्यानाकर्षण पत्र बुझाउने कुनै औपचारिक निर्णय नभएको प्रष्ट पारेका हुन् ।

महासघका सचिव जयसिंह केसीको नामबाट जारी भएको ‘ध्यानाकर्षणपत्र’ उनको नितान्त व्यक्तिगत भएको दाबी गर्दै विज्ञप्तिमा सो ध्यानाकर्षण पत्रको भ्रममा नपर्न सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।

संस्थागत निर्णय बिना संगठनलाई जोडेर यस्ता खालका क्रियाकलापहरु नगर्न सचिव केसीलाई सचेत गराएको महासचिब खड्काले जानकारी दिए ।
उनले महासंघको गरिमा र प्रतिष्ठामा आंच आउने कार्य हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।