काठमाडौं,३१ साउन । नेपालमा आइतबार थप २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८६७ जना काेराेना संक्रमित निको भएका छन भने ३३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ८२ हजार ६८२ जना काेराेना संक्रमित निकाे भएका छन भने १० हजार २९२ जना संक्रमितको मृत्यु भएको छ ।

हाल नेपालमा ३९ हजार २९८ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ७५८ जनाको आईसीयू र एक सय ९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।