बुटवल,३१ साउन
भेज पारखीहरुलाई लक्षित गरि रूपन्देहीको मणिग्राममा मिस्टर कोर्न खुल्ने भएको छ ।
पछिल्लो समय भेज परिकारहरूप्रति उपभोक्ताहरूकाे आकर्षण बढ्न थालेपछि मिस्टर काेर्नले आफ्नो पाँचौं शाखा मणिग्राममा बिस्तार गर्ने तयारी गरेको हो ।
काेर्नले मकैबाट बनेका बिशेष परिकारसंगै भेज मिटका विभिन्न परिकार खुवाउने गरि शाखा बिस्तार गर्न लागेको हो ।
भारतिय सेनाबाट सेवा निवृत्त भएका राजन श्रेष्ठ नेपालमा रेष्टुरेन्ट ब्यवसायमा हात हालेका हुन ।
बुटवलका राजन श्रेष्ठले तिलोत्तमा ५, मणिग्राममा फ्रेन्चाईचि शुरु गरेका छन । यसका लागि उनले घर लिएर ३५ लाख रुपैया लगानीमा आकर्षक सजावट समेत गरेका छन ।

भेज बाईट बर्गर, भेज चिकन टिक्का, भेज सुकुटी साधेको, भेज बाईट छोयला, भेज बाईट करि, भेज चिकन करी, भेज भाईट मम, क्रिस्फि फाईड, बर्गर लगायतका परिकार उपलब्ध हुने श्रेष्ठले जानकारी दिए । यसैगरि स्विट कर्न चटपटे, कर्न सलाद, कर्न मम, कर्न फ्रिटर, बेकि कर्न चिल्ली लगायत २५ बढि परिकारहरु उपलब्ध हुने उनले बताए । जहाँ आउटलेटमा ६ जना सेवा दिएका छन ।

काठमाण्डौ साखु स्थाई घर भएका निश्चल जोशीका पुस्ता बुटवलमा कपडाका व्यापार गर्दे आएका थिए । काठमाण्डाैमा ४ वर्षअघि मास्टर फ्रेचाईन्ची गुड डु द भेगन किचन भारतबाट लिएर उनी नया आईटम चखाउन शुरु गरेका हुन् । योसंगै गुड डु द भेगन किचन र मिष्टर कर्न गरि दुई वटा किचन आईटमहरु छन। यसमा साढे २ करोड खर्च भएको उनले बताए ।

नेपालको मकै उपयोग गर्ने गरि योजना बनाएको उनले बताए। जसका लागि लोकल मकै बारबिक्यु बनाउने उनले बताए । तर नेपाली सबै मकै उपयोगि नहुदा समस्या भएको उनी बताउछन । आउटलेट, फैक्ट्री र अब कृषितिर जाने योजना रहेको उनले जानकारी दिए। अलि राम्रो उन्नत जातको बीउ ल्याएर किसानमार्फत खेति गर्ने उनको योजना छ ।