काठमाण्डाै,३१ साउन । राजधानी काबुलबाहेक अफगानिस्तानका प्रमुख सहर तालिबान विद्रोहीले कब्जा गरेको छ ।
विद्रोहीले आज बिहानै पूर्वी सहर जलालाबाद नियन्त्रणमा लिएका छन् । यससँगै अफगानिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जलालाबादमा बिना कुनै क्षति तालिबानले सहज रुपमा कब्जा जमाएको समाचार संस्था रोयटर्सले जनाएको छ । योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ ।
तालिबान लडाकु राजधानी काबुलमा निराशा र डर छाएको छ । काबुलमा हजारौँ मानिस सडक छेउ अस्थायी क्याम्प बनाएर बसेका छन् । दूतावासका कर्मचारी, काबुलमा रहेका विदेशी नागरिकसँगै अफगानी नागरिक समेत विभिन्न तरिका अपनाएर बाहिर निस्कने प्रयास गरिरहेका छन् ।
काबुल कब्जा भएमा अफगानिस्तानकाे सरकार र सेनाका लागि ठूलो झड्का लाग्नेछ ।








