काठमाडौं,३१ साउन ।
म्याद सकिएका नेपाली कांग्रेसका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप भएको छ ।
नेपाली कांग्रेसले म्याद समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय गरेको हो ।
शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्नुपर्ने म्याद समाप्त भएका नाै भातृ संगठनहरूकाे म्याद थप गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका १३ वटा भातृ संगठन रहेका छन् ।





