पार्टी एकताका लागि अध्यक्ष ओलीले राजीनामा दिनु पर्ने नेपाल पक्षीय एमाले रूपन्देहीको निष्कर्ष

बुटवल,३१ साउन । नेकपा एमाले पोलिटब्यूरो सदस्य डा.बिजय पौडेलले अध्यक्ष ओलीकै कारण पार्टी एकता हुन नसकेको बताएका छन् ।

शनिबार एमाले नेपाल पक्षीय जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीकै कारण पार्टी एकता हुन नसकेको बताएका हुन् ।
अध्यक्ष ओलीले दुई/दुई पटक प्रतिनिधिसभा विघटन गर्नु र नेकपाभित्र विधि पद्धती मिचेर एकलौटी पार्टी चलाउन खोजेको आरोप लगाउँदै उनलेे आत्मआलोचना गरेर गल्ती महसुस गर्न ओली तयार नभएकाेले एकताको सम्भावना कमजोर हुँदै गएको बताए ।

बैठकले पार्टी एकता कायम गर्न र पार्टी जोगाउन अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको छ ।
पार्टी एकता कायम गर्न अध्यक्ष ओलीले राजीनामा दिनु पर्ने निष्कर्ष अध्यक्ष ओलीलाई राजीनामा दिनुपर्ने सुझाव केन्द्रीय कमिटिमा पठाउने निर्णय गरेको नेपाल पक्षीय एमाले जिल्ला अध्यक्ष राजु गुरूङले जानकारी दिए ।
बैठकले गरेका निर्णय सार्वजनिक गर्दै जिल्ला अध्यक्ष गुरुङले २÷२ पटक प्रतिनिधिसभा बिघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि
अध्यक्ष ओलीले नैतिकताका आधारमा राजिनामा दिन केन्द्रीय कमिटिलाई सुझाव दिने निर्णय गरेको जानकारी दिए ।
पार्टी सदस्यता नविकरण र पार्टी सदस्य आवेदन भदौ मसान्त सम्म सम्पन्न गर्न मातहत कमिटिलाई निर्देशन गर्ने निर्णय भएको पनि गुरुङले बताए ।
कैठकले पार्टीमा सपथ खान बाँकी रहेका केही पदाधिकारीको सपथ ग्रहण गराईनुका साथै भदौ १५ भित्र पालिकास्तर जनवर्गिय संगठनको कमिटि निर्माण, भदौ मसान्त सम्म शाखा तहको कमिटि गठन र पुनर्गठन अघि बढाउने निर्णय भएको
एमाले रुपन्देहीका उपसचिव सिद्धिचरण भट्टराईले जानकारी दिए ।
पार्टी एकताको आशामा थप गतिबिधि नगरिएको भन्दै भट्टराईले अध्यक्ष ओलीका कारण एकता प्रक्रिया अवरुद्ध भएपछि संगठन विस्तारलाई तिब्र पार्ने निर्णय भएको बताए ।

बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ति, केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराई , प्रदेश कमिटी सदस्य नन्दीकेशर ढकाल, नेताहरु छत्र बहादुर खत्री, डा.बालकृष्ण चापागाईको सहभागीता रहेको जनाइएको छ । एमाले भित्रको आन्तरिक विवाद चर्किएसँगै रुपन्देहीमा पनि एमाले नेपाल पक्षले समानान्तर गतिविधि संचालन गर्दै आएको छ ।