बुटवल,३१ साउन । रुपन्देहीकाे धकधहीबाट प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक जना महिलालाई पक्राउ गरेको छ । जिल्लाकाे रोहिणी गाँउपालिका ३ धकधईबाट ७० ग्राम बढी ब्राउन सुगर सहित प्रहरीले एक महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ३० वर्षीया सन्ध्या मिश्र रहेकी छिन् । उनकाे साथबाट प्रहरीले बिक्रीका लागि तयार गरिएको ६८ पुरिया ( ७० ग्राम ५०० ) मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा त्यस क्षेत्रमा पुगेको प्रहरीले मिश्रालाई लागु औषध बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । उनको साथबाट प्रहरीले एक थान मोबाईल सेट समेत बरामद गररेको छ ।

पक्राउ परेकी मिश्रा उपर लागु औषधा कारोबार ऐन अनुसार अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।