बुटवल,३० साउन ।
दृष्टिविहिनता भएका युवाहरुको क्षेत्रमा काम गर्दै आएको नेत्रहिन युवा संघ नेपाल रुपन्देही शाखाले दुई वटा आश्रममा रहेका दृष्टिविहिनता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

शनिवार रुपन्देहीको उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम र बुटवलको जवईमा रहेको रुपन्देही दृष्टिविहिन अपाङ्ग संरक्षण केन्द्रमा आश्रीत विभिन्न प्रकृतिको अपाङ्गता भएका व्यक्तिहरुलाई स्वाथ्य सामग्री प्रदान गरेको हो ।

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको संयोजकत्वमा आश्रम गएको टोलीले प्रति व्यक्ति १÷१ पोका (५० पिस), मास्क, एक÷एक पोका सेनीटाईजर, प्रति आश्रम २÷२ वटा हैन्ड वास सेनिटाईज प्रदान गरेको हो ।

यस्तै आश्रममा रहेका महिला तथा किशोरीहरुको लागि प्रत्यक जनालाई दुई÷दुई थान सेनिटरी प्याड समेत प्रदान गरिएको संघले जनाएको छ ।

आश्रममा रहेर विभिन्न आयआर्जनको काम गर्नुको साथै सांिगतीक समुह समेत निर्माण गरेर जिविको पार्जन गर्दै आएका व्यक्तिहरुलाई कोभिड १९ को जोखिमबाट जोगाउन पुर्व सावधानी स्वरुप स्वास्थ्य सामग्री प्रदान गरिएको नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले जानकारी दिए ।

कार्यक्रममा नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका उपाध्यक्ष जिवन पोखरेल, कोषाध्यक्ष कमला पौडेल, श्रवण दृष्टिविहिन परियोजना प्रशिक्षक लक्षमी जिसी, पत्रकार कृष्ण खनाल लगायतले स्वाथ्य सामग्री प्रदान गरेका हुन् ।