बुटवल,३० साउन । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदाै १ गतेदेखि सुरु हुने भएको छ ।
सरकारकाे सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको नवौं अधिवेशन भाद्र १ गतेका लागि आह्वान गरेकाे प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेपालको संविधानको धारा १८३(१) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनबाट भाद्र १ गते मध्यान्ह १ बजेका लागि प्रदेशसभाको नवौं अधिवेशन आह्वान भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनद्वारा शनिबार जारी सूचनामा जनाइएको छ ।
बैठकको शुरुमै नवगठित कुलप्रसाद केसी नेतृत्वको सरकारले विश्वासको मत लिने तयारी रहेको जनाइएको छ
प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने मनसायले सरकारले तत्काल विश्वासको मत लिने तयारी गरेको ४ दलिय गठबन्धनले जनाएको छ ।







