बुटवल,३० साउन । बुटवलमा क्रियाशिल रोटरी क्लव अफ तिनाउ बुटवलले पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ६ दर्पुकमा रहेको बोटे समुदायलाई खाद्यान्न प्रदान गरेको छ ।
दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने उनीहरुलाई कोरोना महामारीमा बन्दाबन्दीको कारण समस्या भएकालेले खाद्यान्न प्रदान गरिएको क्लवले जनाएको छ ।
क्लवले साेहि ठाउँमा पुगेर एक सय घर परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान गरेको क्लवकी पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक जमुना पौडेलले जानकारी दिइन् ।
उनीहरुलाई प्रति परिवार १ बोरा चामल, २ किलो दाल, १ किलो नुन, १ किलो सोयाविन र १ पोका मास्क प्रदान गरेको क्लवले जनाएको छ ।
क्लवले प्रदान गरेको खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्रि वितरण गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकामा रहेका विपन्न परिवारलाई क्लवले सहयोग गरेकोमा आभार व्यक्त गरे ।
विपन्न परिवारको आयआर्जनमा सुधार गर्नको गाउँपालिकाले सीप तथा व्यसायिक तालिमहरु सञ्चालन गर्दै आएको जानकारी गराउदै अध्यक्ष बस्यालले तालिम नपाएकालाई तालिममा समेटिन तथा तालिम लिएकालाई व्यबसाय सञ्चालन गर्न समेत आग्रह गरे ।
क्लवकी अध्यक्ष प्रतिमा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, क्लवकी ईलेक्ट प्रेसिडेन्ट कल्पना तिवारी लगायतले क्लवलले गरेका कामका बारेमा प्रकास पारेका थिए ।
समाजसेवी भुपाल रावत, गोपाल टण्डन, एशोदा फुड्स, ज्ञानबहादुर पुन, ठाकुरकुमार श्रेष्ठ, तिलप्रसाद भट्टराई, बसन्त ढकाल, टिकाराम वञ्जाडे, साविर मिया, बाबुराम बिक तथा क्लवका सदस्यहरुको सहयोगमा राहत वितरण गरिएको संयोजक पौडेलले जानकारी दिइन् ।






