बुटवल,३० साउन ।
नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका वडा नं ७ बृहत वडा भेला शनिबार सम्पन्न भएको छ ।
भेलाले डम्बर बहादुर गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा ३० सदस्सीय वडा कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा नवीन देवकोटा र सचिवमा शशि पौडेल चयन भएका छन् ।
नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका वडा नं ७ का निवर्तमान अध्यक्ष सागर न्यौपानेको अध्यक्षता र नेकपा माओवादी केन्द्र रुपन्देहीका सचिब निर्मल जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश विभाग सदस्य पुर्णचन्द्र पाण्डे,नेकपा एमाले वडा नं ७ अध्यक्ष बसुन्धरा भुसाल, नेपाली कांग्रेस वडा सचिव दिननाथ गिरी, नेकपा माओवादी केन्द्र नगर कमिटी इन्चार्ज रिज्जु श्रेष्ठ, सल्लाहकार नवीन देवकोटा, सचिव विष्णु खत्री, शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांस नेताहरुले पछिल्लो समय कम्युनिस्ट आन्दोलनमा बिकृतीहरू आएको भन्दै त्यसकै फस्वरुप नेकपा बिभाजन भएको गुनासो गरेका थिए ।






