नवलपरासी,२९ साउन ।
राष्ट्रिय जनमुक्ति पार्टीले एम सि सि परियोजनाको बिरोधमा नवलपरासीमा प्रदर्शन गरेको छ ।

पार्टीको नवलपरासी जिल्ला कार्यसमितिको आयोजना र बर्धघाट नगर समितिको ब्यबस्थापनामा बर्दघाटमा प्रदर्शन तथा खबरदारी सभा सम्पन्न भएको हो ।

बिरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै पार्टीका उपमहासचिब टोप अस्लामीले एमसिसि परियोजना नेपालको हित बिपरीत रहेको भन्दै खारेजी हुनु पर्ने बताए ।

मुलुकमा व्याप्त भ्रष्टाचार न्ँयुनिकरण गर्न सके देशको विकासका लागि बिदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने भन्दै उप महासचिब अस्लामीले एमसिसि परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

एमसिसि परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै उनले एमसिसि परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने आवस्यकता औल्याए ।

राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासीका अध्यक्ष धन बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य गीता सारु, लुम्बिनी प्रदेश अध्यक्ष झम गुरुङ्ग, राष्ट्रिय मुश्लिम परिषद का महासचिब मोजिब अली, लुम्बिनी प्रदेश सदस्य तारा राना लगायतले एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने भन्दै त्यसको बिरोधमा पार्टीले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।

यसअघि बर्दघाटको त्रिबेणी चोकबाट शुरु भएको बिरोध र्याली नगर परिक्रमा गरी बर्दघाट चोकमा खबरदारी सभामा परिणत भएको थियो ।