काठमाडौं,२९ साउन ।
नेपालमा शुक्रबार थप ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ७०८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ११८ जना कोरोना संक्रमित निको भएका छन भने २७ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ७९ हजार ४९५ जना कोरोना संक्रमित निको भएका छन भने १० हजार २३९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ जना रहेका छन् । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौंमा ७९९, कास्कीमा ३६६, चितवनमा १९९, झापामा १८०, भक्तपुरमा १६२, ललितपुरमा १२८, सुनसरीमा ११२ र मोरङमा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपरासी पूर्वमा ५५, दोलखामा ५२, मकवानपुर र रुपन्देहीमा ४९÷४९ जना, बागलुङमा ४२, नुवाकोटमा ३८, सुर्खेतमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा २६, काभ्रेपलाञ्चोकमा २२, दाङमा २१, गोरखा र पाल्पामा १९÷१९ जना, धादिङ, तनहुँ र स्याङजामा १५÷१५ जना, इलाम र धनकुटामा १४÷१४ जना, सिन्धुली र कञ्चनपुरमा १३÷१३ जना, लमजुङ र गुल्मीमा १२÷१२ जना र रामेछापमा ११ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।